कानुनि रुपमा विवाह बन्धनमा बाँधिए गायक निशान भट्टराई



‘नेपाल आइडल’ फेम्ड गायक निशान भट्टराईले विवाह गरेका छन् । उनले मंगलबार धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनि विवाह गरेका हुन् ।

विवाहपछि उनले कानुनि प्रमाणपत्र ग्रहण गरेका थिए । निशान र ऋचा विगत दुई वर्षदेखि प्रेम सम्वन्धमा थिए ।

‘नेपाल आइडल’मा फस्ट रनरअप भएपछी निशान सांगीतिक क्षेत्रमा उदाएका थिए । उनको पछिल्लो गीत ‘के माया लाग्छ र’ चर्चाको शिखरमा छ ।  ऋचाले निशानको आधुनिक गीत ‘लाहुर जाने रेल’मा अभिनय पनि गरेकी थिइन् ।

फिल्म ‘रोज’बाट पार्श्वगायनमा डेब्यु गरेका निशानले त्यसयता ‘छक्का पन्जा ३’, ‘शुभ लभ’, ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘प्रेम दिवस’, ‘रातो टिका निधारमा’ र ‘साङ्लो’को गीत गाइसकेका छन् । पार्श्वगायन तर्फ उनका ‘जात्रै जात्रा’को ‘माया पिरिम’, ‘दाल भात तरकारी’को ‘भिजिट भिषा’ र ‘छक्का पन्जा ३’को ‘उमेर ढल्किन्छ’ हिट छन् ।

प्रतिक्रिया दिनुहोस्