एलिश नेपकिङको ‘जे पनि चल्छ जहाँ पनि चल्छ’ सार्वजनिक



रंगखबर, काठमाडौँ : एलिश नेपकिङ नेपाली र्याप म्युजिकमा कहलिएको एक नाम । उनै र्यापर एलिश नेपकिङले फरक शैलीमा तयार भएको “जे पनि चल्छ जहाँ पनि चल्छ” बोलको आफ्नो नया गीत बजारमा सार्वजनिक गरेका छन् । ग्याङ्गस्टर र्यापको नाम दिएका उनले यस गीतलाई आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । उनले आफुले नेपालमा ग्याङ्गस्टर र्यापको परिभाषा फरक तरिकाले प्रस्तुत गर्न खोजेको बताएका छन् । गीतमा उनको संगै एक्स सरकार र एक्स ट्रीक्सको पनि आवाज रहेको छ । गीतको भाव नेपाली समाजको घटनाक्रम तर्फ केन्द्रित भएको देखिन्छ । गीत संगै गीतको भिडियो अझ बढी आकर्षक बनेको देखिन्छ । विशेष गरि अहिलेको युवा पुस्ता र समाजमा घटिरहेको घटनाक्रमलाई मध्य नजर गर्दै गीतको भिडियो तयार गरेको देखिन्छ ।

गीत हेर्नुस : 

 

हुन त गीतले पनि भिडियोमा देखाए जस्तै भाव बोलेको छ । गीत र भिडियो दुबैले केहि कसैलाई असर नपरोस भन्ने सोचका साथ र्यापर एलिश नेपकिङले यो गीत र भिडियो १८ बर्ष माथिको लागि मात्र रहेको बताएका छन् । सुरेन्द्र गुरुङ हाकिमले यस गीतको भिडियोको निर्देशन गरेका हुन् । प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोको छायांकन भने सुजन श्रेष्ठले गरेका छन् । नेपाली र्याप म्युजिकलाई आजको दिन सम्म पुर्याउनुमा र्यापर एलिश नेपकिङको पनि योगदान देखिन्छ । संख्यागत हिसाबमा त्यति धेरै गीत बजारमा सार्वजनिक नगरे पनि एक किसिमको गहिरो प्रभाव नेपाली र्याप म्युजिकमा उनले छोडेका छन् । ३ वटा एल्बम गरिसकेका उनले सिमित तर धेरै दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल गीत दिएका छन् । फर्केर आउदिन, नाचन कान्छी लगायत थुप्रै लोकप्रिय गीत उनको बजारमा आईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्