कन्फर्म: ‘किक २’मा सलमानको अपोजिट ज्याक्लिन



रंगखबर, काठमाडौँ – सन् २०१४ को सुपरहिट फिल्म ‘किक’ सिक्वेलको आधिकारिक घोषणा गरिएको छ । अभिनेत्री ज्याक्लिन फर्नाडेजको जन्मदिनको अवसरमा निर्देशक साजिद नाडीयडवालाले ‘किक २’ घोषणा गरेका हुन् ।

लामो समयदेखि स्टारकास्टका कारण चर्चामा रहेको फिल्ममा सलमान खानको अपोजिटमा ज्याक्लिनले अभिनय गर्नेछिन । उनि ‘किक’मा पनि सलमानको जोडीको रुपमा देखा परेकी थिइन् ।

योसँगै सिनेमाका दुई लिड कलाकार फाइनल भएका छन् । निर्देशक साजिदले फिल्मको स्क्रिप्ट पनि लक्ड भएको जानकारी दिएका छन् । उनले फिल्ममा ज्याक्लिनको भूमिका दमदार रहेको पनि बताए ।

फिल्मका अन्य कलाकार भने फाइनल भैसकेका छैनन् । नवाजुद्दीन सिद्धिकी, रणदीप हुड्डालगायतले ‘किक’मा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्