गर्भवती भईन करीना, सैफले दिए जानकारी



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री करीना कपूर खान फेरि गर्भवती भएकी छन् । बुधबार छोरी सारा अलि खानको जन्मदिनमा पिता सैफअलि खानले करीना गर्भवती भएको जानकारी दिएका हुन् ।

करीना सैफकी दोस्रो पत्नी हुन् । उनीहरुले २०१२ मा विवाह गरेका थिए । २०१६ मा सैफ र करीनाबाट छोरा तैमुरको जन्म भएको थियो । तैमुर ४ वर्षका भएपछि सैफ दम्पतिले दोस्रो सन्तानको योजना बनाएका थिए ।

सैफकी पहिलो पत्नी अमृता सिंहबाट दुई सन्तान छन् । सारा र इब्राहम पहिलो पत्नीबाटका सन्तान हुन् । १९९१ मा सैफले आफुभन्दा १३ वर्ष जेठी अमृतासँग विवाह गरेका थिए । तर, २००४ मा डिभोर्स भएको थियो ।

साराको १९९५ मा जन्म भएको थियो । ‘केदारनाथ’, ‘सिम्बा’, ‘लभ आजकल’, ‘कुली नम्बर १’, ‘अतरंगी रे’मा अभिनय गरिसकेकी सारा बुधबारबाट २४ वर्षमा लागेकी छन् ।

प्रतिक्रिया दिनुहोस्