आस्थाको ‘फाट्यो नि माइतीको चिनो’मा दीयाको उम्दा अभिनय ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायिका आस्था राउतले नयाँ गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक गरेकी छन् । उनको सुरिलो स्वर सजित गीतमा एक विवाहित चेलीको माइतीप्रतिको प्रेम देखाइएको छ ।

सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा अभिनेत्री दीया मास्केले अभिनय गरेकी छन् । भिडियोमा उनको अभिनयले मन जित्छ । उनि बेसहारा गाउँले महिलाको भूमिकामा उम्दा देखिएकी छन् । उनलाई अभिनयमा मनोज जोशीले साथ दिएका छन् ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा अर्जुन तिवारी र उनको टिमको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ । गीतका निर्माता सावित्री राउत हुन् ।

https://youtu.be/nMxXPMyXPwc

प्रतिक्रिया दिनुहोस्