अभिनयपछि गायनमा नीता, रेकर्ड गरिन ‘श्री गणेश’ भजन



रंगखबर, काठमाडौँ – पछिल्लो समय अभिनयबाट गायनमा आकर्षित हुने कलाकारहरुको संख्या बढ्न थालेको छ । केहि दिन अगाडी मात्रै अभिनेत्री अनु शाहले एक गीतमा स्वर भर्दै गायन यात्रा थालनी गरेकी थिइन् ।

अभिनयहुँदै गायनमा हात बढाउने कलाकारको सुचीमा अभिनेत्री नीता ढुंगानाको नाम पनि सुचीकृत भएको छ । उनले ‘श्री गणेश’ नामक भजनमा स्वर रेकर्ड गराउदै गायनमा पाइला चालेकी छन् ।

उक्त भजनको छायांकनपनि गरिएको छ । गीतमा नीता स्वयम् फिचर्ड छिन । ठुलो बजेटमा खिचिएको भिडियो नीताले आफ्नै लगानीमा नीता फिल्म्सको व्यानरबाट निर्माण गर्दैछिन । त्यसैले उनि भन्छिन ‘आफ्नै निर्माण, गायन र अभिनय रहने भएकाले पनि मेकिङमा कुनै कमि हुन् दिएकी छैन । हामीले लाखौँको मुल्यमा गणेश जीको मुर्ति तयार गरेका छौँ ।’

पहिलो गीत भजन नै किन ? भन्ने प्रश्नमा उनि भन्छिन ‘हिन्दु धर्म र भक्तिभाव मेरो बच्चादेखिको सोख हो । गणेश भगवानको अनुयायी भएकाले पनि गायन यात्रा यहिबाट सुरु गरेँ । नेपाली संस्कार अनुसार प्राय: काम सुरु गर्दा गणेशको नै पूजा गरिन्छ । त्यसैले पनि गायनको सुरुवातमा गणेश जीको भजन मेरो प्राथमिकतामा परेको हो ।’

रामजी लामिछानेको कोरियोग्राफी गरेको गीतको भिडियोमा संजय लामाको छायांकन र बनिश शाहको सम्पादन रहनेछ । नीताले यो गीत आफ्नै युट्युब च्यानल ‘नवनीता इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरिने पनि बताइन ।

प्रतिक्रिया दिनुहोस्