अमिताभको सम्झनामा ३७ वर्ष अगाडीको काठमाडौँ



बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक संजाल ट्वीटरमा निक्कै सक्रिय देखिन्छन । आफुसँग सम्वन्धित सम्पूर्ण जानकारी उनले ट्वीटरबाटै दिने गर्छन ।

४ करोड ३८ लाख फलोअर्स कमाएका अमिताभ आफ्ना पुराना फोटोहरु शेयर गर्दै ‘गेस द मुभी’ नामक गेम पनि खेलाउछन । दर्शकहरु यो गेमलाई लिएर सकारात्मक पनि छन् ।

यसै बीच उनले नेपालमा छायांकन भएको फिल्म ‘महान’को स्मरण गरेका छन् । तर, यसपटक उनलाई फ्यानले नै ‘गेस द मुभी’ नामक गेम खेलाएका छन् । एक ट्वीटर प्रयोगकर्ताले स्विमिङ पूल नजिक बसेका अमिताभको फोटो शेयर गर्दै लेख्छन ‘गाइज गेस द फिल्म’ । उनले यो ट्वीट अमिताभलाई मेन्सन गरेका छन् ।

अमिताभ उक्त ट्वीटमा रिट्वीट गर्दै उत्तर दिन्छन ‘म भन्छु, ‘महान’ काठमाडौँमा छायांकन भएको थियो ।’ उनको यो रिट्विटमा हजार बढी रिप्लाई आएका छन् । फ्यानहरुले अमिताभको ‘कौन बनेगा करोडपति’को स्मरण गर्दै ‘सहि उत्तर’ भनेका छन् ।

 

आजभन्दा ३७ वर्ष अगाडी रिलिज भएको फिल्म ‘महान’ नेपालको काठमाडौँलगायतका ठाउँमा छायांकन गरिएको थियो । फिल्मको ‘प्यार मे दिल पे’ बोलको एउटा गीत आज पनि चर्चित छ । उक्त गीतमा भक्तपुर दरबार र पाटन क्षेत्रको सौन्दर्य देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्