राष्ट्रिय झण्डा जलाइएको गीतको चौतर्फी विरोध, सामाजिक संजालमा कारबाहीको माग



रंगखबर, काठमाडौँ – नेपालको राष्ट्रियता, जातीय सद्भाव र स्वाभिमान दखल पुर्याउने गरि सार्वजनिक गरिएको एक गीतको चौतर्फी विरोध सुरु भएको छ । ‘देशद्रोही’ नामको उक्त गीतमा आपत्तिजनक शब्द र केहि राष्ट्र विरोधी दृश्यहरु पनि समेटिएका छन् ।

‘मंगोल हप अफिसियल च्यानल’बाट सार्वजनिक गीतमा नेपालको राष्ट्रिय झण्डा पनि जलाइएको छ । राष्ट्रिय झण्डा र ढाकाटोपीलाई लक्षित गरि कोरिएका शब्द पनि आपत्तिजनक छन् ।

अहिले यो गीतलाई युट्युबबाट हटाउने र उक्त गीत तयार गर्ने व्यक्तिलाई कारबाहीको माग पनि गरिएको छ । अहिलेसम्म १ लाख ७६ हजार भ्युज बटुलिसकेको उक्त गीतमा ५३ हजार बढी डिसलाइक छ । र्याप जनराको उक्त गीत बेतालको छ ।

पछिल्लो समय डिजिटल दुनियाँको आडमा टेकेर जो-कोहिले राष्ट्रिय गौरवका विषयमा आँच पुर्याउने खालका गीत तथा सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् । तर, सम्वन्धित निकायले त्यसतर्फ ध्यान दिएको पाइदैन ।

प्रतिक्रिया दिनुहोस्