‘तिम्रो सुत्र फेल भयो, कंगना अब पद्मश्री फिर्ता गरिदेउ’ – आदित्य पंचोली



बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको २ महिना बितिसकेको छ । तर, उनको आत्महत्या प्रकरण अझै सुल्झिएको छैन ।

अहिले यो मुद्धाको अनुसन्धान सिबिआइले गरिरहेको छ । सुशान्तको आत्महत्या प्रकरण आफ्नो ठाउँमा छ । तर, यो आत्महत्याले सृजना गरेको ‘नेपोटिज्म’ मुद्धामा अहिले पनि पक्ष र विपक्षमा बहस भैरहेकै छ ।

यो मुद्धामा अभिनेत्री कंगना रनाउतले आफ्नो सक्दो बल देखाइरहेकी छन् । एकथरी बलिउडकर्मीहरु ‘नेपोटिज्म’ मुद्धालाई त्यति ध्यान दिइरहेका छैनन् । केहि भने वाद-प्रतिवादमा उत्रिएका छन् ।

यसै बीच कलाकार आदित्य पंचोलीले कंगना रनाउतलाई आफुले पाएको ‘पद्मश्री’ पुरस्कार फिर्ता आग्रह गरेका छन् । केहि समय अगाडी कंगनाले सुशान्तको आत्महत्यामा बलिउडमा व्याप्त ‘नेपोटिज्म’को हात रहेको र आफुले कुनै पनि हालतमा यो कुराको प्रमाणित गरेरै छोड्ने दावी गरेकी थिइन् । उनले यहाँसम्मकी यदि आफुले यो कुरा प्रमाणित गर्न नसके ‘पद्मश्री’ अवार्ड फिर्ता गर्ने बताएकी थिइन् ।

पंचोलीले कंगना माथि निशाना साध्दै भने, ‘कंगनाले अब पद्मश्री फिर्ता गरिदिए हुन्छ । किनकि, उनको सुशान्त सुत्र असफल भैसकेको छ । सुशान्तका पिता केके सिंहले पटनामा दर्ता गराएको ‘एफआईआर’मा कहिँ पनि ‘नेपोटिज्म’को मुद्धा सामेल गरेका छैनन् । कंगनाले साचिकै सबै समय बर्बाद गरिरहेकी छन् ।’

कंगनाले सुशान्तकी म्यानेजर दिशा सालियान आत्महत्याको जिम्मेदार पनि आदित्य पंचोलीलाई नै मानेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्