सिबीआईको यी ९ प्रश्नमा फसिन रिया, ‘लाइ डिटेक्टर’बाट सत्य पत्ता लगाइने !



बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको झन्डै साढे दुई महिना बितिसकेको छ । तर, उनको आत्महत्याको कारण भने खुलिसकेको छैन ।

अहिले सुशान्तका पिता के.के सिंहको उजुरीको आधारमा सिबीआईले रिया चक्रवर्तीसँग छानविन गरिरहेको छ । आत्महत्या प्रकरणको छानविनलाई चुस्त बनाउन सिबीआईले सुशान्तसँग जोडिएका हेरेक व्यक्तिसँग पनि सोधपुछ गरिरहेको छ ।

पछिल्लो तीन दिन भने सुशान्तकी प्रेमिका रियाबाट सिबीआइले सत्य कुरा निकाल्ने कोशिस गरिरहेको छ । तर, रीयाले कुनै पनि प्रश्नको खुलेर जवाफ दिन नसकेको स्रोत बताउछ । तीन दिनमा रियाले सिबीआईले सोधेका कयौँ प्रश्नको जावाफ दिन सकिनन् ।

अब रियाको पोलिग्राफ (लाइ डिटेक्टर) टेस्ट हुन सक्ने बताइएको छ । पोलिग्राफ टेस्टपछि रियाले बोलेका कुराहरुको सत्य-असत्य सामुने आउनेछ ।

सिबीआईले सोधेका ९ प्रश्नले रियालाई मुस्किलमा पुर्याएको स्रोत बताउछ । यी ९ प्रश्न जसको उत्तर दिन रियालाई पर्यो हम्मे । जसले सिबीआईको अनुमानलाई अझ बलियो बनाइदिएको छ ।

१) तिमि सुशान्तको मृत्युको लागि आफुले आफुलाई कति जिम्मेवार सम्झिन्छौ ?
२) कतै सुशान्तको मृत्युको कारण तिम्रो अचानकको उपेक्षा त थिएन?
३) के तिमीलाई लाग्दैन, तिमि गएपछि सुशान्तले आत्महत्या जस्तो कदम उठाउछन भनेर ?
४) सुशान्तलाई छोडेर जाने बेलामा कसैलाई भनेर जानुपर्छ भन्ने मनमा लागेन ?
५) कुनै बेलामा के सुशान्तले तिमीलाई यो भनेका थिए कि ‘उनि आफुले आफुलाई खतम गर्न सक्छन’ ?
६) के तिमि सुशान्तसँगको लिभिङ रिलेसनमा एक पत्नी जसरी बसेकी थियौँ ?
७) तिमीलाई उसको मानसिक अवस्थाको बारेमा राम्रो जानकारी हुनुपर्दछ ?
८) तिमीले आफ्नो कुनै जिम्मेवारी निभाइनौ, त्यसकारण हामि सुशान्तलाई आत्महत्या गर्न प्रेरित गरेको आरोपमा तिमीलाई किन गिरफ्तार नगरौँ ?
९) यदि तिमि निर्दोष छौँ भने कुनै पनि वैज्ञानिक परिक्षा दिन तयार हुन्छौँ ?

प्रतिक्रिया दिनुहोस्