भगवान कृष्ण र अर्जुनको कथामा सिरिज निर्माण गर्दै नीता



अभिनेत्री नीता ढुंगानाले भगवान कृष्ण र अर्जुनको कथामा ‘श्रीमद्भगवत् गीता’ सिरिज निर्माण गर्ने भएकी छन् । उनले फेसबुकमा ‘श्रीमद्भगवत् गीता’ पुस्तक समाएको तस्विर पोस्ट गर्दै सिरिज निर्माणको खुलासा गरेकी हुन् ।

 

उनि लेख्छिन, ‘नीता फिल्म्सको दोस्रो प्रस्तुति । ‘श्रीमद्भगवत् गीता’ चाडै नै तपाईको सामु ल्याउदैछौँ ।’ उनले ह्याजट्यागमा सिरिज उल्लेख गरेकी छन् ।

नीताले दिएको जानकारी अनुसार यो सिरिज इन्टरनेट र टेलिभिजन माध्यमबाट प्रशारण हुनेछ ।

४५ शृंखला रहने सिरिजको बारेमा नीता भन्छिन, ‘यो सिरिजमा ४ जना मात्र पात्र हुनेछन् । विशेषगरि, यो अर्जुन र कृष्णको संवादमा आधारित सिरिज हो । जसलाई हामीले आधुनिक शैलीमा बनाउने तयारी गरेका छौ । हरेक भाग २० देखि २५ मिनेटको हुनेछ । जसमा गीत पनि हुनेछ । चलचित्रकै शैलीमा हामी यसलाई निर्माण गर्छौ ।’

उनले अहिले पात्र र निर्देशक छनोटको काम भइरहेको बताइन । पुरुषप्रधान सिरिज भएकाले उनले आफ्नो अभिनय नरहेर निर्माण मात्र रहने पनि बताइन ।

सिरिजमा पात्रहरुले लगाउने पहिरणहरु पौराणिक कालकै भएपनि कथामा आधुनिक प्रस्तुति दिइने नीताले जानकारी दिइन ।

नीताले केहि समय अगाडी मात्रै आफ्नै युट्युब च्यानल ‘नवनीता इन्टरटेनमेन्ट’बाट ‘श्री गणेश’ भजन सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्