लभबर्ड अर्जुन र मलाइकालाई कोरोना संक्रमण



रंगखबर, काठमाडौँ – बलिउडका लभबर्ड अर्जुन कपूर र मलाइका अरोड़ालाई कोरोना संक्रमण पुष्टि भएको छ । अर्जुनलाई आइतबार संक्रमण पुष्टि भएको थियो । र, उनले इन्स्टाग्राम मार्फत खबर बाहिर ल्याएका थिए ।

प्रेमी अर्जुनलाई संक्रमण देखिएपछि प्रेमिका मलाइकाको पनि कोरोना टेस्ट गरिएको थियो । सोमबार मलाइकालाई पनि संक्रमण पुष्टि भयो । अहिले दुवै जना डाक्टरको सल्लाह बमोजिम होम क्वारेन्टाइनमा बसेका छन् । दुवैले आफुलाई कुनै पनि लक्षण देखा नपरेको बताएका छन् ।

इन्स्टाग्राममा आफुमा संक्रमण पुष्टि भएको जानकारी दिदै दुवैले आफ्नो लागि प्रार्थना गर्नेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् ।

अर्जुन र मलाइका करिब २ वर्षदेखि प्रेम सम्वन्धमा रमाइरहेका छन् । सन् २०१७ मा आफ्नो १९ वर्षे वैवाहिक जीवनलाई पूर्णविराम दिएकी मलाइका अहिले डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’को जज छिन ।

४६ वर्षिया मलाइकाले सन् १९९८ मा कलाकार अरबाज खानसँग लगनगाँठो कसेकी थिइन् । अर्जुन र मलाइकाको ११ वर्षको उमेर अन्तर छ । मलाइकाभन्दा अर्जुन कान्छा हुन् ।

प्रतिक्रिया दिनुहोस्