एनसीबीद्वारा रिया चक्रवर्ती पक्राउ, ड्रग्स सेवन गर्ने २५ बलिउडकर्मीको खुलासा



स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई नार्कोटिक कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको छ ।

उनलाई ड्रग्स सेवनसहित अन्य गम्भीर आरोपमा एनसीबीले पक्राउ गरेको हो ।  लगातार तीन दिनसम्म सोधपुछपछि रियाले ड्रग्स सेवन गर्ने गरेको स्वीकार गरेकी छन् । पक्राउ गर्नु भन्दा अगाडी उनको मेडिकल र कोरोना टेस्ट गरिनेछ ।

रियालाई सिबिआइले पक्राउ गर्ने अनुमान गरिएको थियो । तर, सुशान्त आत्महत्या प्रकरणमा ड्रग्स सेवनको मुद्धा सामेल भएपछि एनसीबीले अनुसन्धान सुरु गरेको थियो । यसअघि एनसीबीले रियाका भाई शोविक चक्रवर्तीलाई पनि ड्रग्स अनुसन्धानका पक्राउ गरेको थियो ।

शोविकले २०१९ देखि २०२० सम्म आफुले सुशान्तको लागि ड्रग्स खरिद गर्दै आएको बताएका थिए । मंगलबार लगातार तीन घण्टाको सोधपुछपछि रियाले पनि ड्रग्सलाई लिएर थुप्रै खुलासा गरिन । उनले २०१६ देखि चुरोटमा गाँजा भरेर खाने गरेकोसमेत बताएकी छन् । रियाले सुशान्तका लागि पनि आफुले ड्रग्स खरिद गर्ने गरेको बताइन ।

उनले ड्रग्स सेवन हुने बलिउडका ठुला पार्टीहरुको बारेमा पनि बताएकी छन् । रियाबाट बरामद गरेको इलेक्ट्रोनिक डिभाइसबाट ड्रग्स मुद्धामा २५ बलिउडकर्मीको नाम अगाडी आएको छ । अब एनसीबीले ती २५ बलिउडकर्मीहरुसँग सोधपुछ गर्नेछ ।

यसका साथै सुशान्तका कयौँ को-स्टारहरु पनि ड्रग्स सेवनको मुद्धामा मुछिएका छन् । सुशान्तको सुटिङ सेटमा पनि कयौँ पटक ड्रग्स सेवन हुने गरेको पनि खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्