‘नेपाल आइडल’का प्रविण वेडवालले ल्याए नयाँ गीत



रंगखबर, काठमाडौँ – नव गायक प्रविण वेडवालले आफ्नै आवाजको नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरेका छन् । ‘नेपाल आइडल सिजन ३’मा फस्ट रनरअप भएपछी प्रविणको सांगीतिक यात्रा अगाडी बढिसकेको छ ।

यात्राको सुरुवात मै उनले शास्त्रीय संगीतमा आवाज दिएका हुन् । गीतमा नविन नेपालको शब्द रचना र नरेन्द्र प्यासीको संगीत छ । नेपाली संगीतप्रतिको प्रेमले नै नयाँ गीत दर्शक माँझ ल्याएको गीतकार नेपालले बताए । उनि लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

सार्वजनिक लिरिकल भिडियो गीतमा रोशन शर्माको चतुरंग, कमार महाराजको तवला, विनोदकुमार भुजेलको गीटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ ।

‘फिल’ स्टुडियोमा रेकर्ड गीतलाई नेपाल विशेषको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्