यस्तो बन्यो टिकटक भाइरल समइराको पहिलो म्युजिक भिडियो



रंगखबर, काठमाडौँ – संचार कर्महुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी त्रिशा केसीले नयाँ म्यजिक भिडियो सार्वजनिक गरेकी छन् । प्राय: बाल मनोविज्ञानका गीत निर्देशन गर्ने त्रिशाले यसपटक टिकटक भाइरल समाइरा थापालाई म्युजिक भिडियो डेब्यु गराएकी छन् ।

‘बाङ्गो बाङ्गो खुट्टाले’ बोलको गीतमा साढे दुई वर्षिया समाइरा फिचर्ड छिन । उनको क्युट अनुहारले दर्शकको मन जित्छ । आफुले निर्देशन गर्ने म्युजिक भिडियोको बारेमा बोल्दै त्रिशा भन्छिन ‘बयस्क कलाकारहरुलाई लिएर थुप्रै म्युजिक भिडियो बन्छन । तर, भविश्यका कर्णधार मानिने बालबालिकाहरुलाई आजैदेखि किन सपोर्ट नगर्ने त ?’

अम्बिका गुरुङले शब्द रचना गरेको बाल गीतमा प्रेगीषा पौडेलको आवाज र प्रकाश लेप्चाको एरेञ्ज/कम्पोज छ । भने गीतको मिक्सिङ गोविन्द सोनीले गरेका छन् ।

भावसागर इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा हिमाल शर्माको छायांकन र कृष्ण पाण्डेको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्