‘सत्यमेव जयते २’ पोस्टर रिलिज, जोनको जोडी दिव्या खोसला



रंगखबर, काठमाडौँ – सन् २०१८ को हिट फिल्म ‘सत्यमेव जयते’को सिक्वेल ‘सत्यमेव जयते २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्ममा अभिनेता जोन अब्राहम दोहरिएका छन् । पोस्टरमा जोनको भयानक रुप देख्न सकिन्छ । उनि मस्कुलर बडीमा हलो समातेर प्रस्तुत भएका छन् । उनकै उपस्थितिले फिल्मको प्रिक्वेल बक्सअफिसमा हिट सावित भएको थियो ।

आगामी अक्टुबर महिनाबाट लखनउमा छायांकन सुरु हुने फिल्मको रिलिज डेट आगामी वर्षको इदलाई तय गरिएको छ । मिलाप मिलन जावेरीले निर्देशन गर्ने फिल्म १२ मेमा रिलिज हुनेछ ।

भुसन कुमार, क्रिषण कुमार, मोनिषा आडवाणी, मधु भोजवाणी र निखिल आडवाणीले मिलेर बनाउन लागेको फिल्ममा दिव्या खोसला कुमारले मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन ।

सन् २००४ को डेब्यु फिल्म ‘अब तुम्हारे हवाले वतन साथियो’पछि दिव्याले अभिनय गर्न लागेको यो दोस्रो सिनेमा हो । ३९ वर्षिया सुन्दरी यसअघि म्युजिक भिडियो ‘याद पिया कि आने लागि २.०’मा देखिएकी थिइन् ।

‘यारियाँ’ र ‘सनम रे’ नामक फिल्म निर्देशन पनि गरिसकेकी दिव्याले ‘रोय’, ‘खानदानी शफाखाना’, ‘बटला हाउस’ र ‘मरजावाँ’मा लगानी समेत गरेकी छन् ।

पोस्टर:-

प्रतिक्रिया दिनुहोस्