‘ल्याङल्याङ’ संगीतकारको रमाइलो गीत ‘आँपे’



रंगखबर, काठमाडौँ – गायक तथा संगीतकार सुनिल पाण्डेले नयाँ गीत ‘आँपे’ सार्वजनिक गरेका छन् । सुनिलकै शब्द, संगीत र स्वरमा तयार गीत रमाइलो बनाइएको छ ।

दीपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठ, हेरुका लामा, निशा लमा, नवराज भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् । अमृत ल्वागुनले एरेन्ज गरेको गीतको भिडियोमा प्रेम लामा/राज सिग्देलको छायाँकन र मनोज कार्कीको सम्पादन छ ।

यसअघि फिल्म ‘रोमियो’मा समावेश ‘ल्याङल्याङ’ गीतबाट सफलता पाइसकेका सुनिलले यो गीतबाट पनि उक्त अपेक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्