यस्तो छ अजयको ‘शिवाय’लाई टक्कर दिने मल्टीस्टारर ‘ए दिल हे मुस्किल’ टिजर



रंग खबर, काठमाडौँ | करण जोहर निर्देशित पछिल्नो फिल्म ‘ए दिल हे मुस्किल’को टिजर रिलिज भएको छ । रणवीर कपूर, ऐश्वर्या राय बच्चन, अनुष्का शर्मा र फवाद खान अभिनित फिल्म लभस्टोरी हो । बक्स अफिसमा सफल र राम्रा फिल्म दिन माहिर मानिएका करण जोहरको निर्देशन रहेकोले ‘ए दिल हे मुस्किल’ प्रतिक्षित बनेको छ  ।

ए दिल

टिजर रिलिज पश्चात सकारात्मक चर्चा बटुलेको ‘ए दिल हे मुस्किल’को संगीत र स्टार कास्टको चर्चा भैरहेको छ । फिल्ममा पहिलो पटक ऐश्वर्या र रणवीरले रोमान्स गरेका छन् । फिल्म अक्टुबर २८ मा रिलिज हुदैछ । यो मितिमा अजय देवगन अभिनित अर्को प्रतिक्षित फिल्म ‘शिवाय’ पनि रिलिज हुनेछ । बर्षकै बिग क्ल्यासको रुपमा रहेका यी फिल्मको जुधाई हेर्न लायक हुनेछ ।

ये दिल

ए दिल हे मुस्किल टिजर:-

शिवाय ट्रेलर:-

प्रतिक्रिया दिनुहोस्