किन छोडे अक्षयले गुलशन कुमारको बायोपिक ?



रंगखबर, काठमाडौँ – केहि समय अगाडी अक्षय कुमारलाई लिएर भुषण कुमारले ‘मुगल’ नामको फिल्म घोषणा गरेका थिए । यो फिल्म भुषणका लागि विशेष थियो । किनकी भुषणले ‘मुगल’ आफ्ना पिता गुलशन कुमारको जीवनीमा निर्माण गर्दैथिए ।

गुलशनले सस्तो खालको अडियो क्यासेट र प्लेयर बजारमा उपलब्ध गराएर संगीतको दुनियामा क्रान्ती ल्याएका थिए । त्यसपछि उनले सफलताको खुड्किला सजिलै पार गरे । तर, उनको हत्या गरियो ।

गुलशनको भूमिका निर्वाह गर्न अक्षय निक्कै उत्साहित थिए । जोडतोडले गरिएको घोषणाले छिट्टै नै दर्शकले फिल्म हेर्न पाउने सबैलाई आशा थियो । तर, लामो समय बित्दा पनि फिल्म बन्न सकेन । अन्तत: फिल्मबाट अक्षयले हात झिकिदिए । अहिले ‘मुगल’सँग आमिर खान जोडिएको खबर आएको छ । त्यो पनि सह-निर्माताका रुपमा । उनले फिल्ममा अभिनय गर्ने/नगर्ने कम्फर्म भैसकेको छैन ।

किन छोडे अक्षयले ‘मुगल’ ?

एक बलिउड पत्रिकाका अनुसार अक्षयले फिल्म छोड्नुका २ ओटा कारण उल्लेख गरिएका छन् । पहिलो पारिश्रमिकमा कुरा नमिल्नु र दोस्रो फिल्म समय दिन नसक्नु । पछिल्लो समय अक्षयका फिल्म बक्स अफिसमा असफल छैनन् । त्यसैले उनि पारिश्रमिक बढाउन चाहन्छन । ‘मुगल’का लागि पनि अक्षयले ठुलै पारिश्रमिक मागेका थिए । तर, निर्माण पक्षले दिन चाहेनन् । एक समय यस्तो पनि भयो अक्षय आफ्नै ठाउँमा अडिग थिए, निर्माताहरु आफ्नै ।

अर्को कुरा बायोपिक फिल्मको लागि मुख्य कलाकारले धेरै समय दिनु पर्ने हुन्छ । लूक्सको लागि धेरै समय खर्चिनु पर्ने हुन्छ । तर, अक्षय छिटो-छिटो फिल्म सिध्याउने अभिनेता मध्ये पर्छन । एक वर्षमै २-३ फिल्म सिध्याउने अक्षयका लागि ‘मुगल’लाई करिब १ वर्ष दिनुपर्ने भएपछि फिल्मबाट हात झिकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्