पत्रकार अनिलदेव इन्द्रबहादुर–देउमाया राई पत्रकारिता पुरस्कारबाट पुरस्कृत



रंग खबर, दमक । किरात राई यायोक्खा झापाले प्रदान गर्दै आएको इन्द्रबहादुर–देउमाया राई पत्रकारिता पुरस्कारबाट यस बर्ष पत्रकार अनिलदेव राई पुरस्कृत भएका छन ।
sammanकिरात राई यायोक्खा झापाले आफ्नो २९ औँ स्थापना दिवसको अवसर पारेर पत्रकार राईलाई दमकमा पुरस्कृत गरेको हो । पत्रकारिताको माध्यमबाट राई समुदायका लागि लामो समयदेखि कलम चलाएको भन्दै धरमपुर–४ निवासी पत्रकार राईलाई पुरस्कृत गरिएको यायोक्खा जिल्ला सचिव दिपेनवाला राईले बताए  । राईलाई सम्मान कार्यक्रमका प्रमुख अतिथि झापाका जिल्ला शिक्षा अधिकारी डिल्लाराम लुइँटेलले सम्मानपत्र र नगदसहित पुरस्कृत गरेका थिए । पुरस्कारको राशी नगद ६ हजार रहेको छ ।

सो पुरस्कारबाट यसअघि दिपेन राई र रमेश समदर्शी पुरस्कृत भएका थिए । यस्तै यायोक्खाले बिर्तामोड–७ निवासी ११ बर्षीया बालिका अपेक्षा राईलाई पनि सम्मान गरेको छ । हालै सम्पन्न पूर्वाञ्चल स्तरीय गायन प्रतियोगितामा अपेक्षा प्रथम भई राई समुदायको गौरब बढाएकोले सम्मान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्