छायांकार अमृतको निर्देशनमा सिउरेनी वनमा

रंग खबर, काठमाडौं ।

गायक महेश मुखियाको आवाज रहेको सिउरेनी वनमा बोलको गीतको म्य’जिक भिडियो छायांकन सम्पन्न भएको छ । गायक महेश मुखियाकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई व्यस्त एंव चर्चित छायांकार तथा निर्देशक अमृत सुनुवारले छायांकन तथा निर्देशन गरेका छन् ।

लोक लयमा आधारित कमेडी फ्लेवरको उक्त भिडियोमा नायिका अनु शाह, महेश मुखिया, हर्क राज घलान लगायतको अभिनय रहेको छ। भिडियो छिट्टै सार्वजनिक गरिने जानकारी निर्माण य’निटले गराए । भिडियोको सम्पादन माधव बेल्वासेले गरेका छन् ।