धमला दम्पतिको ‘अनुराग’ले कस्तो गर्ला व्यापार ?



रंगखबर, काठमाडौँ – पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम पनि हिरोइन बन्ने भनेपछि, यो खबरले चौतर्फी चर्चा पायो । ऋषि आफै पत्नीलाई हिरोइन बनाउन लागि परेपछि फिल्मले गति लिन थाल्यो । अहिले धमला फिल्मका प्रस्तुतकर्ता हुन् ।

सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु’मा सहायक निर्देशकको रुपमा काम गरेका सत्याराज चौलागाईंले फिल्म निर्देशनको जिम्मा पाए । फिल्मको नाम ‘अनुराग’ राखियो । हिरोको खोजी भयो । पल शाह महँगो पारिश्रमिकमा अनुबन्धित भएको खबर बाहिरियो । खबर सेलाउन नपाउँदै पलले फिल्मबाट हात झिकेको खबरले ‘अनुराग’ पुन: चर्चामा आयो । अन्तत: निर्देशक चौलागाईंले समुन्द्र पण्डितलाई डेब्यु गराउन फ्लोरमा निक्लिए ।

माथि नाम थिचिएका व्यक्ति मध्ये पल बाहेक सबै विधागत रुपमा नयाँ हुन् । यिनै नयाँ व्यक्तिले गर्दा ‘अनुराग’ औसत भन्दा बढी चर्चामा छ । फिल्मको हाइपमा पछिल्लो समय गीत/संगीत/ट्रेलर र कलाकारसहित धमलाले दिएका अन्तरवार्ताले पनि विशेष सहयोग पुर्याएका छन् ।

फिल्म असोज १२ गते अलनेपाल रिलिज हुँदैछ । अहिलेसम्मको हाइप र सफलतालाई हेर्दा फिल्मले विशेष गरि सिंगलका साथै केहि हदसम्म मल्टीप्लेक्समा पनि राम्रो कमाई  गर्न सक्ने अनुमान गरिएको छ । तर, ‘अनुराग’लाई त्यति सहज भने हुने छैन । किनकी ‘अनुराग’सँगको प्रतिस्पर्धामा नेपाली ‘कथा काठमाडौँ’, ‘छिरिङ’ र बलिउडको ‘सुईधागा’ छन् ।

तीन फिल्मको भिडमा रिलिज हुँदा पक्कै पनि ‘अनुराग’को सुरुवाती व्यापारलाई लिएर उत्साहित अनुमान गर्न सकिदैन । चार फिल्म रिलिज हुँदा स्वत: हल संख्या र शोजमा ‘अनुराग’ले घाटा बेहोर्नुपर्नेछ । यदि फिल्मले राम्रो माउथ पब्लिसिटी पाएको खण्डमा औसत चर्चाका बाँकी तीन फिल्मलाई सुस्त गतिमा उछिन्न सक्छ ।

फोटो: रमाइलो छ 

प्रतिक्रिया दिनुहोस्