धमला पत्नी कसको अङ्गालोमा ?



रंगखबर, काठमाडौँ- धमला पत्नी एलिजा गौतमले निर्माण गरेको चलचित्र ‘अनुराग’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक ६ छुट्टा छुट्टै पोस्टरमा एलिजा र चलचित्रका मुख्य नायक समुन्द्र पण्डितलाई फिचर्ड छन । पोस्टरमा यी दुईको लोभ लाग्दो केमेस्ट्री देख्न सकिन्छ ।

असोज १२ गतेबाट अल नेपाल प्रदर्शन हुन लागेको चलचित्रमा एलिजा गौतमको लगानी एवम्  सत्यराज चौलागाइको निर्देशन रहेको छ। एरिका फिल्म्स्को ब्यानरमा निर्माण भएको चलचित्रमा किरण दाहालको कथा र  राम कुमार केसीको छायाङ्कन रहेको छ।

चलचित्रमा एलिजा र समुन्द्रका अलावा  सरोज खनाल , रुपा राना , राजाराम पौडेल , शिशिर राणा, मोहन निरौला विश्व बस्नेत, कमल कान्त मैनाली, ठिलेंन लामा ,विद्या भट्टराई , दावा लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्