अर्जुन र मलाइकाको प्रेमका कारण सलमानले उठाउनु पर्यो ठुलो कदम



रंगखबर, काठमाडौँ – बलिउडकर्मी अर्जुन कपूर र मलाइका अरोराको प्रेम सार्वजनिक रुपमै छताछुल्ल भइरहेको हुन्छ । पार्टी, डिनरमा दुवैले खुलेरै डेट गरिरहेका छन् ।

मलाइका यसअघि सलमान खान परिवारकी बुहारी हुन् भन्ने सर्वत्र नै छ । अर्जुन र मलाइकाको प्रेम सम्बन्धले खान परिवारमा कत्तिको असर गरिरहेको त्यो सलमानले पुष्टि गरिदिएका छन् ।

भारतीय मिडियालाई आधार मान्ने हो भने सलमानले बोनी कपूरसँग दुई फिल्मबाट हात झिकिसकेका छन् । बोनी कपूर अर्जुनका पिता हुन् । र दुवै जनालाई आफ्नो घरमा आउँन सलमानले प्रतिबन्ध लगाईदिएका छन् । अब उनि चाहदैनन् कि कपूर परिवारसँग कुनै पनि सम्बन्ध रहोस ।

मलाइका भन्दा अगाडी अर्जुनले सलमानकी बहिनि अर्पितासँग डेट गरेका थिए । त्यसपश्चात उनले अर्पितासँग ब्रेकअप गरेर सलमानकी भाउजुसँग प्रेमलीला सुरु गरेका हुन् ।

१९९८ मा अरबाज खानसँग विवाह गरेकी मलाइकाले २०१७ मा सम्बन्ध विच्छेद गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्