‘तितो सत्य’का कलाकार विष्णुभक्त फुयाँलको आकस्मिक निधन



रंग खबर, काठमाडौँ | चर्चित नेपाली टेलीसिरियल ‘तितो सत्य’का कलाकार विष्णुभक्त फुयाँलको आकस्मिक निधन भएको छ ।
Bishnu-Bhakta-Phuyal
रंगमंचका बरिष्ट कलाकार विष्णुभक्त नाँचघरस्थित मन्चन भैरहेको नाटकमा अभिनय गरिरहेका बेलैमा बेहोस भएर मंचमै ढलेका थिए । वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका विष्णुभक्तलाई डाक्टरहरुले निधन भएको पुष्टि गरेका थिए ।
नाँचघरमा विष्णुभक्तले बद्री अधिकारी निर्देशित ‘महर्षी वाक्यालव्य’मा मुख्य भूमिका निर्वाह गरिरहेका थिए । विष्णुभक्तले ‘तितो सत्य’मा ‘ओ माई लभ’को भूमिका निर्वाह गरेका थिए | जुन अत्याधिक रुचाइएको पनि थियो ।
फुयाँलको अन्तिम संस्कार भने बुधबार मात्र हुनेछ । अन्तिम श्रद्धाञ्जलीको लागी फुयाँलको पार्थिव शरिर भोली (बुधबार) विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने बताईएको छ ।
स्मरण रहोस केहि हप्ता पहिले ‘तितो सत्य’का चर्चित कलाकार आरपी भट्टराई ‘लाजा लाम’को पनि निधन भएको थियो |रंगखबर परिवारको तर्फबाट फुयाँलप्रति हार्दिक श्रद्धासुमन ।

प्रतिक्रिया दिनुहोस्