‘रावण’ पछि पुन: एकसाथ देखिदै ऐश्वर्या-अभिषेक



रंगखबर, काठमाडौँ-  करिब ८ बर्ष अघि फिल्म ‘रावण’मा एकैसाथ स्क्रिन सेयर गरेका अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्य राय बच्चन पुन: एक साथ देखा पर्ने भएका छन ।

अब यी दुई रियल जोडी फिल्म ‘गुलाब जामुन’ मार्फत पुन: एकसाथ आउँन लागेका हुन। पछिल्लो पटक सँगै काम गरेको चलचित्र फ्लप भए पछि यी दुईलाई पुन: एक साथ काम गराउन बलिउडका निर्माता निर्देशकहरुले आँट गरेका थिएनन ।

 

ऐश्वर्या अहिले फिल्म ‘फंने खान’को तयारीमा ब्यस्त छिन भने अभिषेक पनि आफ्नो आगामी फिल्म ‘मनमर्जिया’ को काममा ब्यस्त छन । ८ बर्ष पछि पुन: स्क्रिन सेयर गर्न लागेका यी जोडीलाई दर्शकले कतिको मन पराउने छन त्यो भने फिल्म प्रदर्शन पछि मात्र थाहा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्