एकै दिन ‘बन्की चरी’ र ‘लै लै’को करोड भ्युज पार



रंगखबर, काठमाडौँ – फिल्म ‘प्रसाद’का दुई गीत एकै दिन युट्युबको करोड भ्युज क्लबमा इन्ट्री भएका छन् । ‘लै लै’ र ‘बन्की चरी’ बोलका गीत करिब १ महिनाको अन्तरालमा अपलोड भएका थिए ।

सुवाष भुसालद्वारा संगीतवद्द दुई गीत मध्ये ‘बन्की चरी’ले भ्युजमा अगाडी छ । र, आगामी दिनमा भ्युजको रफ्तार कम हुने छैन । उत्कृष्ट कम्पोजिसनको गीतमा संगीत र शब्दले दर्शकको मनमा स्थान बनाएका छन् । यो गीतमा रुपक डोटेल र अन्जु पन्तले स्वर दिएका छन् । भने, विपिन कार्की, निश्चल बस्नेत र अन्जली अधिकारी फिचर्ड छन् ।

त्यस्तै उत्कृष्ट शब्द सिर्जना र कम्पोजिसन रहेको ‘लै लै’ यो वर्षको सर्वाधिक लोकप्रिय स्याड भर्सनमा पर्छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत प्रस्तुत गीतमा केतन क्षेत्रीको स्वर छ । अझ, लिरिकल भिडियोमा करोड भ्युज पार गर्ने ‘लै लै’ नेपाली फिल्मको पहिलो गीत पनि बनेको छ । यसअघि स्वप्न सुमनको ‘कसरी भनु’को लिरिकल भिडियोले करोड भ्युज पाएको थियो ।

दिनेश राउत निर्देशित ‘प्रसाद’ गत मंसीर २१ मा रिलिज भएको थियो । मिश्रीत प्रतिक्रिया बटुलेको फिल्मको बक्सअफिस कारोबार ठिकठाक रह्यो । नम्रता, विपिन र निश्चल स्टारर फिल्मले नि:सन्तान दम्पतिको कथा उठान गरेको थियो । फिल्मको कथा समिक्षक/पत्रकार सुशील पौडेलले लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्