अँग्रेजी नयाँ वर्षमा विशाल र मेलिनाको ‘जुनीजुनी’



रंगखबर, काठमाडौं । अँग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर गायक विशाल निरौलाले आफ्नो नयाँ पप गीत ‘जुनीजुनी’ सार्वजनिक गरेका छन् । स्वरमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।
गीतमा विशालकै शब्द र संगीत छ । ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय कृष्टिना थापा र अस्मिक लम्साल फिचरिङ छन् । भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।
‘अंग्रेजी नयाँ वर्षको अवसर पारेर गीत रिलिज गरेको हुँ,’ गीतबारे गायक निरौलाले भने, ‘गीत प्रेमजोडीहरुमा समर्पित गर्न खोजेको छु । आशा छ, रुचाइदिनु हुनेछ । ’ विशालले यसअघि ‘मेरी माया’ र ‘पार्टी सङ’ बोलको गीत बजारमा ल्याएका थिए ।

गीतको भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्