गसिप: सलमान भर्जिन, अक्षयलाई प्रतिदिन १ करोड, रणवीरले रिप्लेस गरे सुपरस्टारलाई



रंग खबर, काठमाडौँ | यो साता बलिउड दुनियामा गसिप राम्रै स्थान पायो । गसिपका पात्र सलमान खान, अक्षय कुमार, रणवीर सिंह, अमिताब बच्चन, राखी सावन्त, ऋतिक रोशन, अमिर खान लगाएतका कलाकार बने ।

salman-khan-story_647_101815012936

सलमान खान: सलमान खानले एकचोटी फेरी आफु भर्जिन रहेको अभिव्यक्ति दिएका छन् । सलमानको यस्तो अभिव्यक्तिले यो साता संचार माध्यममा निकै चर्चा पायो । ५ दशकको उमेर पार गरिसकेका सलमानले एक कार्यक्रमको सिलसिलामा यस्तो भनेका थिए ‘म बिबाह पछीको सम्भोगमा विश्वाश राख्छु, यदि मैले जीवनमा बिबाह गरेन भने सम्भोग मेरो जीवनमा नभएको सावित हुनेछ’ ।

406223-akshay-hi-res-3

अक्षय कुमार: लगातार हिट फिल्म दिए पछी अन्तत अक्षय कुमारले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । भारतीय मिडियाका अनुसार अब अक्षयले प्रतिदिनको १ करोड लिने भएका छन् । यदि अक्षयले दिनको करोड लिन थाले भने उनको एउटा फिल्मको पारिश्रमिक ५० देखि ६० करोड सम्म पुग्ने अनुमान रहेको छ । किनकि अक्षय कुमार आफ्ना फिल्मको छायांकन ५० देखि ६० दिनको समयसिमामा सिध्याउने गर्दछन ।

IndiaTvd92d50_ranveer_amitabh

रणवीर सिंह: यी उदाउदा कलाकारले ‘धूम ४’ मा अभिनिता अमिताभ बच्चनलाई रिप्लेस गरेको जानकारी बाहिरिएको छ । निर्माण घोषणा देखिनै चर्चामा रहेको ‘धूम ४’ कलाकार छनोटका कारण अघि बढ्न सकिरहेको छैन । जानकारीका  अनुसार ‘धूम ४’मा पहिलो चरणमा छनोट गरिएका कलाकारहरुको फेरबदल भएको छ | अब फिल्ममा अमिताभ बच्चन नरहने बताइएको छ ।

13-1471080859-rakhi-sawant-10-1470832493

राखी सावन्त: यो साता गसिपको दुनियामा राखी सावन्त पनि चर्चामा रहिन । उनिले लगाएको पहिरनमा भारतीय प्रम नरेन्द्र मोदीको प्रिन्ट रहेको थियो । मिडियाको ध्यानाकर्षण गर्न गरिएको राखीको यो कर्तुत चौतर्फी आलोचित बन्न पुग्यो ।

hrithik-roshan-and-amir-khan

ऋतिक ,आमिर: यो साता प्रदर्शनमा आएको ऋतिक रोशन स्टारर ‘मोहेंजो दारो’ले बक्स अफिसमा खराब ब्यापार गरिरहदा, ऋतिकको हातमा रहेको नयाँ फिल्म पनि गुमाउनु परेको छ । यसअघि ऋतिकलाई लिन लागिएको फिल्म ‘ठग’मा अब सुपरस्टार आमिर खानले अभिनय गर्ने भएका छन । करिब १२५ करोडको लगानीमा बनेको ‘मोहेंजो दारो’ले बक्सअफिसमा कमजोर प्रदर्शन गरेपछि फिल्मले आधा लगानी पनि नउठाउने संकेत देखाएको छ । ‘मोहेंजो दारो’ले २ दिनमा १८ करोडको ब्यापार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्