हिटको आशामा यी बलिउड स्टारले पार गरेका थिए सबै हद !



रंगखबर, काठमाडौँ –  बलिउडमा यस्ता धेरै कलाकारहरु छन जसलाई फेमस हुन् धेरै समय लागेन किन भने उनिहरुसँग अभिनय गर्ने क्षमता वा कला दुवै थियो । बलिउडमा हिट र स्थापित हुन् जो कोहि पनि चाहन्छन तर आफुले सोचे जस्तो नहुदा कयौ स्टारहरु निराश हुने गर्दछन । आज हामी तपाईहरुलाई यस्ता कलाकारहरुको बारे जानकारी दिदै छौ जसले फेमस हुन कै लागि सबै हद पार गरेका थिए ।

१. रणबीर कपूर

रणवीरले सन् २००७ मा चल्चिर्त्र ‘सावरिया’बाट बलिउडमा डेब्यु गरेका थिए । आफ्नो डेब्यु चलचित्रबाट नै आमदर्शक माझ छुट्टै छवि छोड्नका लागि चलचित्रको शिर्ष गीतमा तौलियाको मात्र साहारामा डान्स गरेका थिए । जसले गर्दा उनको निकै आलोचना पनि भएको थियो ।

 

२. प्रियंका चोपड़ा

बलिउड डिभा प्रियंका चोपडाको पनि सुरुमा बलिउड यात्रा सफल भएको मानिदैन । धेरै संगर्ष पछि मात्र सफलताको स्वाद चाख्न पाएकी प्रियंका अहिले बलिउडमा  न. १ अभिनेत्रीमा पर्छिन । उनले चलचित्र ‘अन्दाज’मा अक्षय कुमारसँग गरेको लिप सिन र वेड सिनले गर्दा निकै आलोचना खेप्नु परेको थियो ।

 

३. रणवीर सिंह

बलिउडमा रणवीर सिंहले अहिले आफ्नो छुट्टै पहिचान बनाइ सकेका छन । तर विगतलाई हेर्ने हो भने रणवीरको बलिउड यात्रा त्यति सहज भने मानिदैन। उनले आफु फेमस हुन कै लागी भनेर विभिन्न कर्तुतहरु गर्ने गरेका थिए । उनको कर्तुतको हद त् तब पार भयो जब उनले बाथ टवमा आफ्नो नाङ्गो शरीर सहितको तस्बिर सार्वजनिक गरे । उक्त कर्तुतले गर्दा रणवीरको आलोचना गर्नेहरु पनि बलिउडमा धेरै निस्किएका थिए ।

 

४ . सुशांत सिंह राजपूत

धारावाहिक ‘पवित्र रिश्ता’बाट अभिनय सुरु गरेका सुशान्तको बलिउड यात्रा पनि सुरुमा सफल रहेन । धारावाहिक छोडेर चलचित्रमा होमिएका यी अभिनेताले चर्चित हुनका लागी रणवीर कपूर कै फर्मुला अपनाएका थिए । अर्थात् उनले तौलिया बेरेर फोटो शुट गरेका थिए । जसले गर्दा उनि त्यस बेला आलोचित भएका थिए ।

५ . रणदीप हुड्डा

अभिनेता रणदिपलाई पनि बलिउडमा स्थापित हुने धेरै पापड बेल्नु परेको थियो । उनले गरेको चलचित्रहरुमा प्राय: गम्भीर भूमिकामा देखा पर्ने उनले चलचित्र ‘रंग रसिया’मा न्युड सिन दिएका थिए। जसको कारण उनि विवादमा मुछिएका थिए ।

 

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्