के यी रेकर्ड तोड्ला आमिरको ‘दंगल’ले | यस्तो छ दुई हप्ते कलेक्सन



रंग खबर, काठमाडौँ | आमिर खानका फिल्म बक्सअफिसमा रेकर्ड राख्न र तोड्नलाई बन्छन । यो कुरामा दुई मत छैन । आमिरका पछिल्लो पटकका फिल्मले कुनै न कुनै व्यापारिक रेकर्ड त राख्ने नै गर्छन ।

Dangal_

आमिर खानकै ‘गजनी’ १०० करोड क्लबको स्थापना गरेको थियो । बलिउड फिल्मकै इतिहाँसमा १०० करोड कमाउने पहिलो फिल्मको नाम भन्नु पर्दा ‘गजनी’कै आउँछ ।

त्यसपछी प्रदर्शनमा आएको आमिरको ‘थ्री इडीइट्स’ले २०२ करोडको व्यापार गर्दै पहिलो २०० करोड कमाउने फिल्म बन्न सफल भयो । त्यसपछी प्रदर्शनमा आएको ‘धुम ३’ले बक्सअफिसमा २८५ करोडको व्यापार गर्दै ‘थ्री इडीइट्स’को रेकर्डलाई ब्रेक गरेको थियो ।

आमिर खानकै ‘पिके’ले पहिलो पटक बक्सअफिसमा ३३९ करोडको व्यापार गर्दै ३०० करोड कमाउने फिल्मको रेकर्ड राखेको थियो । यो रेकर्डलाई अहिले सम्म कुनै पनि अभिनेताका फिल्मले तोड्न सकेका छैनन ।

यो रेकर्ड अब आमिरकै ‘दंगल’ तोड्ने सक्ने अनुमान लगाइएको छ । फिल्मले १४ दिनमा भारतमा मात्रै ३१३.५० करोड नेट कलेक्सन गरेको छ | अब फिल्मले ‘पिके’को रेकर्ड तोड्नलाई २७ करोड जतिको व्यापार गर्नु पर्नेछ ।

त्यो भन्दा पहिले ‘दंगल’का लागि सलमान खानको ‘बजरंगी भाइजान’को रेकर्ड तोड्नुपर्ने हुन्छ । ‘बजरंगी भाईजान’ले ३२०.३४ करोडको व्यापार गरेको थियो ।

यदि ‘पिके’को रेकर्ड तोडेमा ‘दंगल’ बलिउडकै सर्वाधिक कमाउने फिल्म सुचिमा अग्रपंक्तिमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्