‘छक्का पन्जा ३’को पोस्टरमा एउटा कुराको कमि !



रंगखबर, काठमाडौँ – दशैँ रिलिज टार्गेट गरिएको फिल्म ‘छक्का पन्जा ३’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका कलाकार दीपकराज गिरी, दीपिका प्रशाई, केदार घिमिरे, जितु नेपाल र बुद्दि तामाङ मात्र अटाइएका छन् । तर, बिडम्बना पोस्टरमा फिल्मको आधिकारिक रिलिज डेट छापिएको छैन ।

‘छक्का पन्जा ३’सँग दशैँमा ‘जय भोले’ आउँने भएपछी निर्माण पक्षले रिलिज डेट तोक्न सकिरहेको छैन । त्यसैले ‘जय भोले’ पनि ‘छक्का पन्जा ३’को डेट ढुकीरहेको छ । निर्देशक दीपाश्री निरौलाले शनिबार रिलिज हुने फिल्मको ट्रेलरमा रिलिज डेट सार्वजनिक  गरिने बताएकी छन् । त्यसपछि ‘जय भोले’का लागि बाटो खुल्नेछ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

फिल्ममा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्