‘कस्मिक लभ’ले पार्यो छायांकनलाई तिव्र



रंगखबर, काठमाडौँ- मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको तथा सुरज प्रधानको प्रस्तुति रहेको चलचित्र कस्मिक लभको लगभग ४५ प्रतिशत छायांकन पुरा भएको छ। अहिले काठमाण्डौका विभिन्न स्थानहरुमा चलचित्रको छायांकन भइरहेको छ।  निर्माण टीमका अनुसार कस्मिक लभको आधा छायांकन गरिसकिएको र अब २५ दिनमा छायांकन पुरा हुने बताईएको छ।

कस्मिक लभका निर्मातामा  जय गौतम कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निर्मातामा विकास सिंह पुजारी रहेका छन्। यस्तै चलचित्रमा एस के अधिकारी तथा शेखर ज्ञवालीको संयुक्त लेखन रहेको छ भने,संगीत बाबुल गिरी तथा गीत एस के अधिकारी र दिनेश सुवेदीको रहेको छ।

लभ स्टोरी जनरामा निर्माण  भइरहेको यो  चलचित्रमा  बि एस बलामी तथा एस के. अधिकारीको निर्देशन रहेको छ। साथै राहुल राइको छायांकन तथा बाबु साहेबको एक्सन छ। कबिरराज गहतराज तथा रामजी लामिछानेले गीतमा कोरियोग्राफी छ ।

‘कस्मिक लभ’लाई बिपिन मल्लले सम्पादन गर्नेछन्। चलचित्रमा प्रशान्त ताम्राकार,दिया मास्के,अर्पण थापा,रिजन थापा,पुजन थापा,रोबिन तामांग,राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरु अभिनय छ।

प्रतिक्रिया दिनुहोस्