संचिताको ‘गुनगुन’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – संचिता लुइँटेल स्टारर फिल्म ‘गुनगुन’को ट्रेलर रिलिज भएको छ । संचिता शिर्ष भूमिकामा अभिनित फिल्ममा सुभाष मेचे, रविन्द्र प्रताप सेन पनि मुख्य भूमिकामा छन् ।

पुकार भट्टराई निर्देशित फिल्म फर्मुलामा आधारित भान हुन्छ । ट्रेलरमा देखाएका रोमान्स, एक्सन, गीत/संगीत र इमोसनका दृश्यले फर्मुला फिल्मको पुष्टि गर्छ ।

कार्तिक ३० गते रिलिज हुने फिल्ममा नविन श्रेष्ठ, गणेश जिसी, अनु भट्टराई, सुमेश श्रेष्ठ, देशभक्त खनाल, रविन्द्र लम्साल, बिमल मैनाली, बलदीप राई, पुकार भट्टराईलगायतका कलाकारको अभिनय छ ।

एकराज उप्रेती र सहदेव पौडेलले निर्माण गरेको फिल्ममा बिकाश चौधरी/महाराज थापाको संगीत, हिमाल केसीको एक्सन, अर्जुन जिसीको सम्पादन र सौरभ जिसीको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्