किरण खड्काको ‘दारु फर ड्रिंक्स’ पार्टी गित (भिडियो हेर्नुस)



रंग खबर, काठमाडौँ | किरण खड्काले नयाँ पार्टी गित ‘दारु फर ड्रिंक्स’ सार्वजनिक गरेका छन् । डान्स बारमै मज्जाले छायांकन गरिएको गीतमा तीन जोडी युवा युवतीको अभिनय देख्न सकिन्छ जसमा राजु, सबिना, अर्जुन, अनिशा, शंकर र कल्पना रहेका छन । गीतमा स्वर किरण खड्का, आरती मगर र इश्वर बिष्टको रहेको छ ।

daru for drinks

गीतको शब्द तथा कम्पोज गायक किरण खड्काले गरेका छन भने एरेन्ज मनोज खड्काको रहेको छ । दारु फर ड्रिंक्सको सार्बजनिक भिडियोलाई गायक खड्का स्वयमले निर्देशन समेत गरेका छन । अविरल फिल्म्सले निर्माण गरेको गीतको भिडियोलाई बिष्णु भट्टराईले छयांकन तथा सम्पादन गरेका हुन् ।
Watch Here Video:-

 

 

प्रतिक्रिया दिनुहोस्