चितवन महोत्सवमा लोक तथा दोहोरी गीत प्रतियोगिताको उपाधि धादिङलाई



darshak haruरंग खबर, चितवन । चितवन महोत्सव–२०७१ मा  मौलिक कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिताको उपाधि धादिङले हात पारेको छ ।

शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीलाई पछि पार्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, धादिङले उपाधि हात पारेको हो ।

निकै प्रतिस्पर्धात्मक दोहोरीमा रुपन्देही दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन (ख) तृतीय र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगिताको निर्णयकहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानक संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ र हरि न्यौपाने रहेका थिए ।

शुक्रबार विविध साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् । विशेषगरी आदिवासी तथा जनजातिको भेषभुषा प्रदर्शनी गरिएको थियो । युवायुवतीहरु आ–आफ्नो भेषभुषामा र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रदर्शनी हेर्दा दर्शकहरु मोहित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्