‘मेरी बास्सैमा’ मा थपियो धुर्मुसको नयाँ भूमिका । ‘बैतडी ज्वाँई’ का रुपमा देखिए (भिडियो)



रंग खबर, काठमाण्डौं । आफुलाई करिब चालिसवटा भूमिकामा प्रस्तुत गरिसकेका ‘मेरी बास्सै’ का मुख्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ को पछिल्लो श्रृंखलाबाट नयाँ भूमिका थपिएको छ । बामदेव गौतमको क्यारेक्टरलाई केही समय स्थगन गर्दै उनी ‘बैतडी ज्वाँई’ नामक पात्रका रुपमा देखिएका हुन् ।

meri bassai

रीक्षण पात्रको रुपमा भित्राएको ‘बैतडी ज्वाई’ लाई आगामी दिनमा अझै सशक्त पारेर लैजाने योजना सितारामको छ । ‘आउँदो हप्ता देखि परिमार्जित गर्दै लैजाने छौ, त्यसैले यो पात्र स्थापित गराउन हामीले बामदेव गौतमको क्यारेक्टर रोकेका छौ ’, उनले भने । एक दशकको यात्रामा विभिन्न पात्रका रुपमा प्रस्तुत भइसकेका सितारामको धुर्मुस, केपी ओली, खड्काजी, मुस्कान पासा सबैभन्दा लोकप्रिय बनेका छन् ।

यसैगरी ‘माग्ने बुढा’ का रुपमा परिचित लोकप्रिय पात्र केदार घिमिरे ‘मेरी बास्सै’ बाट बाहिरिएपछि सितारामले ‘मेरी बास्सै’ मा बुद्दी तामाङ्लाई ‘हनुमाने’ पात्रका रुपमा भित्र्याए जून स्थापित पनि हुँदै गएको छ।

मेरी बास्सैको पछिल्लो एपिसोड हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/1D9mijE4Cy4[/its_video]

प्रतिक्रिया दिनुहोस्