टंकको गीतमा धुर्मुस–सुन्तली बने मैनाजोडी | ११ वर्षिया साईको स्वर



रंग खबर, काठमाण्डौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई कतारमा रहेका ११ वर्षिया बाल गायक साई उज्जवल कोइरालाले मैना जोडी बनाएका छन् । सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरु कतार पुगेका बेला मैना जोडी भएका हुन् ।
maina jodi 2धुर्मुस–सुन्तलीलाई मैना जोडी बनाउनमा संगीतकार टंक बुढाथोकीको पनि भुमिका छ । सांगितिक भ्रमणका क्रममा कतार पुगेकै बेला उनले ‘मैना जोडी’ बनाउने योजना बनेको थियो । यो गीतको शब्द, संगीत र एरेन्ज सबै टंककै हो ।

धुर्मुस सुन्तलीलाई मैना जोडीको उपमा दिँदै गीतको भिडियो बनाइएको छ जसको निर्देशन साई उज्जवलकै बुवा आमा प्रकाश कोइराला र सरीता कोइरालाले निर्देशन गरेका हुन् । कोइराला परिवारले युरोप भ्रमण रद्द गरेर करिब ६ लाख रुपैँया गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेको थियो । ‘युरोप भ्रमण जाने सोच थियो तर, छोराले धुर्मुस सुन्तलीको कामबारे थाहा पाएपछि उनीहरुलाई सहयोग गर्न आग्रह ग¥यो,’ साई उज्जवका बुवा प्रकाश कोइरालाले भने, ‘बस्ती निर्माणका लागि सहयोग गरेपछि अझै नजिक भइयो र टंकजीको सहयोगमा कतार आएको मौका पारी धुर्मुस सुन्तलीलाई मैना जोडी बनाइयो ।’ कोइराला परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि आवश्यक माक्स, पन्जालगायतका सामग्री पनि सहयोग गरेका छन् ।
mainaa jodiसंगीतकार टंकले पनि यो गीतको लागि आफुले विशेष मिहनेत गरेको बताए । ‘मेरा पछिल्ला गीतहरु मध्ये निकै मिहेनत गरेको गीत हो यो,’ उनले भने, ‘साई उज्ज्वल साह्रै मिठोसँग गाएको छ । आशा छ दर्शकले रुचाउनुहुनेछ ।’
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्