डिप्रेसनलाई हराएकी दिपिका, पढ्नुस उनको कहानी अब किताब मार्फत



रंगखबर, काठमाडौँ- फिल्म ओम शान्ति ओम बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री हुन् दिपिका पादुकोन । पहिलो फिल्म नै बलिउडका किङ्ग खान शाहरुख खानको अपोजिट त्यो पनि ब्लक बस्टर साबित भए पछि दिपिकालाई अहिले सम्म पछाडी फर्केर हेर्नु परेको छैन । पहिलो फिल्मबाट नै सफलता पाए पछि दिपिका सबैको नजरमा पर्न सफल भईन । फिल्ममा लगातार सफल भए पनि प्रेम सम्बन्धमा भने उनि त्यति धेरै सफल भएको पाईदैन । फिल्म ‘बचना ए हसिनो’मा रणबीर कपूरसँग काम गरेर एकाएक चर्चामा आएका यी जोडी सोहि बेला देखि प्रेम सम्बन्धमा रहेका थिए। दिपिकाले रणबीरलाई यति धेरै माया गर्थिन कि उनको नामको ट्याटु आफ्नो ढाडमा सम्म हानेकी थिईन । तर उनको यो मायाले धेरै दिन साथ भने पाउन सकेन । अफ एयर भएको केहि बर्षमै अभिनेता रणबीरले दिपिकालाई ब्रेक अप दिए पछि उनि बिस्तारै डिप्रेसनको शिकार बन्न पुगिन ।

भानिन्छ, जब रणबीर र दिपिकाको ब्रेक अप भयो त्यस बेला उनि डिप्रेसनमा त् गईन नै त्यति मात्र हैन उनको फिल्मी करियर पनि झन्डै डामाडोल पनि भएको थियो , आफुले पाएको चोट सहन नसकी उनि महिनौ दिन सम्म कोठामा बन्द हुन्थिन । न फोन न कसैसँग बोल्ने यी सबै कुरालाई दिपिकाले बिर्सी सकेकी थिईन । जब उने सो बिरुद्ध लड्ने हिम्मत गरि आफ्नो करियरका बारे सोचेर अघि बढ्ने निर्णय गरिन त्यस बेला सबैले उनको साथ दिएका थिए । भारतीय मिडियाका अनुसार डिप्रेसनको औषधी प्रयोग गर्न थाले पछि उनि १५ -२० घण्टा निन्द्रा मै हुन्थिन ।

तर अहिले समय बदली सकेको छ । डिप्रेसनको कारण १५ -२० घण्टा निद्र मै रमाउने उनै दिपिका अहिले अभिनेता रणवीर सिंहसँग वैहाहिक जीवनमा रमाई रहेकी छन । करिब ६ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले गत नभेम्बरमा विवाहको नाम दिई सकेका छन । खुसीको कुरा त् यो छ कि दिपिकाको डिप्रेसन जीवन बारे किताब छापिने भएको छ । ‘The Dot That Went For A Walk’ नामक किताबमा भारतका ५१ जना महिलाको कहानी छापिने छ जस मध्ये दिपिका पनि एक हुन् । जसलाई लक्ष्मी नांबियर, रीमा गुप्ता र शारदा अक्किनेनीले लेख्ने छन । उक्त किताबको मुख्य उदेश्य भनेको टिन एजर्स महिलाहरुको वूमन पावरलाई अवगत गराउनु रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्