रिलिज डेट फाइनल गर्दै, प्रतिस्पर्धाको लागि तयार ‘ए मेरो हजुर २’



रंग खबर, काठमाडौँ | अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’को रिलिज डेट फाइनल भएको छ । अब फिल्म यहि बर्षको चैत १८ मा प्रदर्शन हुनेछ । यो मितिमा भानु प्रतापले निर्माण गरेको ‘लाल्टिन’ पनि प्रदर्शन हुदैछ ।

samragyee-rajya-laxmi-shah-dashing

निर्देशक झरना थापाले यो मितिमा रिलिज हुने फिल्म संग ‘ए मेरो हजुर २’ प्रतिस्पर्धा गर्न तयार रहेको र फिल्मबाट आफु पूर्ण आशावादी रहेको बताइन ।

एसके थापा प्रोडक्सनको ब्यानरमा निर्मित ‘ए मेरो हजुर २’मा साम्राज्ञी शाह, सलिनमान बानिया, सलोन बस्नेत, बुद्धि तामाङ, अनुभव रेग्मी र अनुराग कुवर लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्