अभिनेता रमित ढुंगाना भन्छन्, ‘‘बुद्ध वर्न ईन नेपाल’ बनाउन दुई वर्ष लगाएँ’



अभिनेता रमित ढुंगाना २०६१ सालमा फिल्म ‘माया नमार’बाट नेपाली फिल्म क्षेत्रमा पर्दापन भएका थिए । एक्शन, चकलेटी नायकको छबि बनाएका रमित एक समय सबैको मन मस्तिस्कमा राज गरेका थिए ।  करिब १०० चलचित्रमा अभिनय गरिसकेका रमितले मुग्लान, हिम्मत, दुर्गा, देवर बाबु, जीवनदाता, शक्ति, हंगामा, हामी ट्याक्सी ड्राइभर, धड्कन जस्ता फिल्ममा अभिनय गरेका छन । लामो समय फिल्ममा राज गरेपछि बिश्राम लिन चाहेको भन्ने रमित ढुंगाना करिब ५ बर्षको अन्तराल पछि दर्शकमाझ यही जेठ ७ गते ‘बुद्ध वर्न ईन नेपाल’ लिएर आउदैछन । उनीसंग रंगखबरले गरेको अन्तरंग कुराकानी:

ramit dhungana

यत्रो समय कहाँ हराउनु भयो ?
यत्रो समय नेपालमै हो हैन, अ…त्यहि क्रममा अमेरिका आउदा जादा सिर्जना भएको चलचित्र हो ‘बुद्ध वर्न ईन नेपाल’। फिल्म बनाउनै दुइ बर्ष लाग्यो । बाँकी दुइ बर्ष चाही ब्रेक लिए।

दुइ बर्ष चाही तपाइले किन ब्रेक लिनु भाको ?
धेरै फिल्ममा काम गरियो त्यसैले केहि समय ब्रेक लिउ भनेर हो । ।

‘बुद्ध वर्न ईन नेपाल’ फिल्मको परिकल्पना चाही कसरी गर्नुभएको ?
यो चाँही म अमेरिका आउने जाने क्रममा भएको कुरा हो ।  आम नेपाली झैँ मलाई पनि थाहा थिएन कि बुद्धलाई नेपालमा जन्मिएर पनि इंडियामा जन्मिएको हो भनि पढाइन्छ भनेर ।  मैले त्यहाँ गएपछि युनिभर्सिटि, लाइब्रेरी, स्कुलमा हेरे ।  रिसर्च गरे । त्यहाँका ठुला-ठुला व्यक्तिहरुले पनि इंडियामा जन्मेको हो भनेपछि मलाई लाग्यो कि मैले देशको लागि केहि गर्न सकिरहेको रहेनछु । त्यसपछि मलाई लाग्यो कि फिल्मको माध्यमबाट बुद्ध नेपालमा जन्मेका हुन् भनि प्रमाणित गर्न सकियोस । यही क्रममा जन्मिएको फिल्म हो  ‘बुद्ध वर्न ईन नेपाल’  ।

फिल्म ‘बुद्ध वर्न ईन नेपाल’ बन्नलाई २ बर्ष लाग्यो भन्नु भयो । यत्रो समयचाँही केमा लगाउनुभयो ?
फिल्मका लागि रिसर्च गर्न र शुटिङका लागि पर्मिट लिन समय लागेको हो । फिल्मको शुटिङ अमेरिकामा पनि गरिएको छ ।

‘बुद्ध वर्न ईन नेपाल’मा सन्देशमात्र छ कि मनोरञ्जन पनि ?
यो डकुमेन्ट्री होइन, यो मुभी हो | यो फिल्ममा मैले पहिले दशकलाई दिदै आएका कुराहरु पनि छन, तर बढी राष्ट्रियता छ । नेपालले जहिले पनि इंडियाको थिचोमिचो सहदै आएको छ । केहि अगाडी बुद्ध इन्डियामा जन्मेको भनि प्रचार प्रसार गरियो, नाकाबन्दी गरियो । यति गर्दा पनि नेपालीहरुको चुप लागेर बस्ने बानिप्रति प्रहार गरिएको छ ।
फिल्ममा तपाइको भूमिका चाही के त ?
फिल्ममा म एउटा नेपाली युवक जो अमेरिका जान हत्ते गर्ने भुमिकामा छुँ । पछि अमेरिका गएपछि बुद्धको बारेमा गलत भ्रम छरिएको पाउँछु र बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश फैलाउने काम गर्छु ।

166597_160830387298207_8363986_n

यो फिल्मलाई तपाईले अहिलेसम्मकै महंगो नेपाली फिल्म भन्नुभएको छ नि ?
हो, यो साचो नै हो।  नेपालमा यो अहिले सम्मकै महँगो फिल्म हो । त्यो तपाईले हेरेपछि थाहा पाउनु हुनेछ  । पब्लिसिटी, नेपाल लगाएत विदेशमा सुटिंग भएको कारणले यसको बजेट चाही २ करोड माथि छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि, नायिकाले आफ्नो रोलप्रति फिल्म युनिटसंग चित्त दुखाउनुको कारण चाही के नि ?
फिल्मको कथाबस्तुको मागको कारण ट्रेलरमा नायिका नअट्नु भा’को हो । यसमा बिषयबस्तुलाई फोकस गरिएको छ ।  त्यसैले ट्रेलरमा कसको आयो कसको आएन भनेर चित्त दुखाउनु उचित हुदैन ।

अन्त्यमा फिल्मको बारेमा केहि भन्न चाहनु हुन्छ ?
यो नेपालीको चलचित्र हो ।  नेपालीको मस्तिस्कमा बसेको बिषयबस्तु हो ।  हजुरहरु पनि हेर्नुस अरुलाई पनि हेराउनुस ।  रमित ढुंगाना लामो समय पछि हजुरहरुमाझ राम्रो फिल्म लिएर आएको छ । स्वीकार्नुहोला । धन्यवाद ।

Watch Trailer Here:-

 

प्रतिक्रिया दिनुहोस्