संगीत र इन्जिनियरिङसंगै राजनीतिमा पनि जम्ने लक्ष्य छ: गायक सुमन श्रेष्ठ (भिडियो वार्ता)



गणेश ओली (आशिष), काठमाडौँ । धनकुटाको  शनुवामा जन्मिएका र अहिले धरानमा बस्दै आएका गायक हुन् सुमन श्रेष्ठ (संगम)। धरानमा आफ्नै इन्जिनियरिङ सम्बन्धि फम (इस्पेक्ट्रम इन्जिनियरिङ कन्सल्टेन्सी प्राली) संचालनमा ल्याएका सुमन अहिले सांगीतिक क्षेत्रमा पनि छाइरहेका छन् । पछिल्लो समय सुमनले ‘चर्खा’ नामक एल्बम बजारमा ल्याएका छन् । २०७० साल देखि सांगीतिक क्षेत्रमा पाइला चालेका सुमनले चर्खा सम्म आइपुग्दा ४ वटा एल्बम दर्शक श्रोता माझ ल्याइसकेका छन् । पहिलो एल्बम ‘सुमन’ दोस्रो एल्बम ‘दृश्य’ तेस्रो ‘दृश्य २’ र अहिलेको ‘चर्खा’ गरेर सुमनका चार एल्बम बजारमा उपलब्ध छन् । भर्खरै मात्र ‘चर्खा’ एल्बमको ‘धागो चर्खा’को बोलको गीत सार्वजनिक गरिसकेका सुमन ‘चर्खा’का अन्य गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका छन् । यिनै गायकसंग गणेश ओलीले गरेको रंगवार्ता :

इन्जिनियरिङ फिल्डको मान्छे कसरी सांगीतिक क्षेत्रमा लाग्ने  इच्छा जाग्यो  ?

सानै देखिको रुची हो सांगीतिक क्षेत्र । बाल्यकालमै स्कुलमा ५-६ कक्षामा अध्ययन गर्दा देखि नै स्कुलको कार्यक्रममा गीत गाउँने गर्दथे । बरु इन्जिनियरिङ पढ्ने कुरा पछी आएर पढ्न मन लागेको हो । मेरो पहिलो रुची चाही संगीत नै थियो इन्जिनियरिङ पछी आएर पढ्न मन लागेको हो ।

14212055_1095601213862316_42932509512999962_n

आफ्ना एल्बम भन्दा बाहिरका एल्बमबाट गीत गाउँने अफर आएको छ कि छैन ?

आउछ तर, आफ्नो ब्यबसाय धरानमा हुने भएकोले त्यति समय दिन सकेको छैन । त्यसैले आफ्नै एल्बममा समय दिन्छु । कहिले धरान कहिले काठमाडौँ गर्दा अरु एल्बमका गीतमा समय दिन सकिरहेको छैन ।

अनि धरानमा बसेर सांगीतिक क्षेत्रमा जम्न सकिन्छ जस्तो लाग्छ त ?

अ… त्यो त अब सांगीतिक क्षेत्रमै लागेर मात्र पनि आर्थिक उन्नति उति सारो नहोला जस्तो लागेर आफ्नो व्यवसायलाई पनि निरन्तरता दिइरहेको छु । प्रयास गरिरहेको छु सांगीतिक क्षेत्रबाट पनि केहि गरु भनेर, अनि आफ्नै इन्जिनियरिङ फम भएकोले गर्दा पनि संगीत र इन्जिनियरिङलाई संगै लिनु परेको छ । त्यसैले धरानबाटै सांगीतिक क्षेत्रमा लागिरहेको छु र जम्दै पनि छु ।

संगीत रुचीले इन्जिनियरिङको पढाईलाई केहि असर गर्यो की ?

मलाई संगीतमा सानै देखि रुची भएपनि संगीतमा लाग्नको लागि चाहिने आर्थिक मलाई जुटाउन गार्हो पर्थ्यो, त्यसैले मैले पहिला इन्जिनियरिङ पुरा गरे त्यसपछी त्यहाँबाट आएको पैसाले सांगीतिक क्षेत्रमा लगानी गरेको छु । संगीत मनमा भएपनि पढाई पनि ठुलो कुरा भएकोले मैले समय मिलाएर मात्र संगीतमा ध्यान दिन्थे । अलि अलि असर त पर्यो पढाईलाई तर मैले समयको पालना गरेर दुवैलाई अघि बढाउन सकिरहेको छु ।

10675730_771210742968033_307740761570715686_n

कुनै बेला प्रेममा पर्नु भएको छ ?

अ परेको थिए कुनै बेला । डेट पनि जान्थे । मेरो करियरको कुरा एक तर्फ थियो र प्रेम एक तर्फ । प्रेम गरिसकेपछि उनलाई समय पनि दिनु पर्ने हुन्थ्यो । सुरु सुरुमा त समय दिन्थ्ये पनि, तर पछी करियरलाई धक्का पुग्न थालेपछि त्यति समय दिन सकिएन । सायद त्यसैले होला उनले मलाई सरप्राइज दिएर अरु कसै संग बिहे गरेर जानु भयो । त्यस पछी मैले करियरलाई मात्र फोकस गरे । उसो त मेरो पछिल्लो गीतमा मेरै रियल लाइफको प्रेमकथा उतारेको छु । जो भर्खर छायांकन सकिएको छ ।

बिहे कहिले गर्ने ?

अहिले संगीत क्षेत्रमा जम्दै छु । इन्जिनियरिङ त भैहाल्यो । अनि मेरो तेस्रो उद्देश्य भनेको राजनीति तर्फ पनि लाग्नु हो । अहिले मैले एलएलबी राजनीति शास्त्रको अध्धयन गरिरहेको छु | अबको ३-४ बर्षमै राजनीति क्षेत्रमा पनि पाइला चालेर, संगीत क्षेत्रमा पनि आफ्नो स्थान बनाएर बिहे गर्ने सोचमा छु । यस्तै पनि केहि मन मिल्ने भेटिएछ भने पछी अलि छिट्टै नै बिहे गरौला ।

संगीत क्षेत्रको मन नपरेको कुरा के हो ?

हुनत मैले त्यो भोग्नु परेको छैन । तर केहि साथीहरुलाई चाहिं केहि नराम्रा प्रबितीका मान्छेले यति पैसा दिनुस म हजुरको एल्बम निकालिदिन्छु, म्युजिक भिडियो बनाइदिन्छु भनेर मोटो रकम लिएर काम नै नगरिदिने । पैसा ठगेर भाग्ने खालको कार्य चाहिं संगीत क्षेत्रको बिकृतिको रुपमा लिएको छु । यो कुरा चाहीं मलाई अलि चित्त नबुझेको कुरा हो । स्रष्टाको पैसा ठग्नु राम्रो काम होइन ।

संगीत क्षेत्रमा कति पैसा लगानी गर्नु भयो, अनि कति कमाउनु भयो ?

सबै भन्दा ठुलो कुरा त आत्मसन्तुष्टि हो । मैले आफुले चाहेको काम गर्न पाएको छु । चर्चा पनि बिस्तारै कमाउदै छु । पैसाको कुरामा ओभरअल ७-८ लाख खर्च भयो होला, तर यो पैसा बिस्तारै रिटर्न पाउदै छु । अहिले सम्म १ लाख बढी रिटर्न पाइसकेको छु । र अहिले सम्मको खर्चबाट सन्तुष्ट पनि छु, किनकि हामीले पढ्दा पनि पहिला लगानी गर्नु नै पर्छ र पढाई पुरा भएपछी बिस्तारै त्यो खर्च भएको पैसा रिटर्न हुने गर्दछ । त्यस्तै मैले पनि अहिले संगीतमा केहि सिक्दै छु । त्यसैले पैसा केहि खर्च भएको र केहि रिटर्न पनि गर्दै छु । त्यसैले पछी सम्म पैसा रिटर्न हुनेमा बिश्वस्त छु ।

बाँकी आउने पिडिलाई के भन्नु हुन्छ ?

संगीतमा आउँन चाहने पिडिलाई चाहीं के भन्न चाहन्छु भने, तपाइँहरुलाई आउन मन छ भने आउनुहोस तर मनै देखि लागि पर्नुहोस । एउटा गीत असफल भयो भन्दैमा हरेस नखानुहोस । असफलताबाट पाठ सिकेर अगाडी बढ्ने अठोट लिदै अगाडी बढे एकदीन अवश्य पनि सफलताको शिखरमा पुग्नु हुनेछ ।

हेर्नुस गायक सुमन श्रेष्ठ(संगम) संगको रंग खबर जम्काभेट:

प्रतिक्रिया दिनुहोस्