अरुलाई अत्याचार गर्न खोज्नेहरुलाई छोड्दिन : माल्भिका सुब्बा



सन् २००२ को मिस नेपालको उपाधी विजेता  माल्भिका सुब्बा पेशाले मोडेल, अभिनेत्री, सामाजिक कार्यकर्ता, टेलिभिजन प्रस्तोता, उद्यमीका नामले परिचित छिन् ।  । पछिल्लो पटक उनी चलचित्र  क्षेत्रमा पनि लागेकी छिन्  । हास्य प्रधान चलचित्र ‘हाउ फन्नी निर्माणमा व्यस्त पूर्व मिस नेपाल माल्भिका सुब्बासंग रेडियो अडियोको कार्यक्रम ‘कडा प्रश्न’मा पल्टने काकाले  गर्नु भएको कुराकानी जस्ताको त्यस्तै :-
malvika di

तपाई त साह्रै घमण्डी हुनुहुन्छ रे नि ?
हैन त्यस्तो घमण्डी छैन , त्यो त मेरो सानै देखिको बानी हो नि । म मान्छेहरु सँग कम बोल्छु । मेरो अलि नराम्रो बानी भनेको शुरुमा देख्ने बित्तिकै झट्ट बोल्दिन  । राम्रो सँग बोल्ने मान्छेसँग राम्रै सँग बोल्छु नि  ।

केटाहरु सँग झगडा गर्नुहुन्छ रे ? एउटालाई त कुट्नु पनि भयो रे नि ?
अलि रिस चाँहि कडा नै छ मेरो । त्यस्तो झगडा भनेर झगडा नै त गर्ने हैन तर अरुलाई अत्याचार गर्ने, नराम्रो गर्न खोज्नेहरुलाई छोड्दिन । एउटा केटाले मेरो साथीलाई जिस्काएको थियो अनि मैले त्यो केटालाई पिटेकी हुँ, केटी मान्छेलाई त्यसै जिस्काउन कहाँ पाइन्छ त नि हैन र ?

अनि प्रेम बिवाह गर्नुभयो, प्रेमीसँग झगडा त गर्नुभएन ?
अँ….. मेरो प्रेम बिवाह भएको हो । करीव डेढ बर्ष जति लभ गरीयो । उहाँको नाम रियाज हो । झगडा त हुँदैन कहाँ सबैसँग झगडा गरिन्छ त ।  मेरो घरमा र बाहिर छुट्टै व्यवहार हुन्छ ।

अनि तपाईले दुईवटा फिल्ममा खेल्नुभएको थियो रे, अहिले सम्म आएन त !
खेलेको त थिए, खै कता गयो गयो (हाँस्दै) । अब म आफ्नै फिल्म ‘हाउ फन्नी’ बनाउँदै छु नि त ।
malvika final

‘हाउ फन्नी’ कस्तो प्रकारको फिल्म हो ?
यो हाँस्य प्रधान फिल्म हो । कथा चाँही दुईजना केटीसँग सम्बन्धित छ । २ जना केटीहरु जासुस हुन्छन, उनीहरु गाउँबाट आएका हुन्छन् । उनीहरु गाउँबाट शहर आएर अर्को केटी जासुस भएर खोज्न थाल्छिन् । फिल्मको बजेट ५० देखि ६० लाख सम्म हो । र, हाम्रो फिल्ममादया हाङ राई, निशा अधिकारी, केकी अधिकारी, अनुपविक्रम शाही, प्रियंका कार्की लगायतको  अभिनय छ । रमाइलो फिल्म छ सबैलाई हँसाउने फिल्म हो ।

आज तपाई सफल हुनुहुन्छ, यहाँसम्म आईपुग्नु भयो, सानोमा लक्ष्य चाहि के थियो तपाईको ?
सानो छँदा त डाक्टर बन्ने लक्ष्य थियो नि, पछि फेरि डाक्टर बन्ने लक्ष्य पछाडि पर्यो अनि टेलिभिजन तिर  लागेँ । फेरि बिजनेश गर्ने पनि सोचेकी थिएँ । बीचमा मैले लुगाको बिजनेश पनि गरेकी थिएँ तर अहिले त बन्द गरिसकें ।

तपाई त मिडियासँग पनि दुस्मनी लिनुहुन्छ रे ?
सानो कुरा पनि ठुलो हुँदो रहेछ त्यस्तो दुस्मनी केहि लिएको छैन । एकपटक एउटा कार्यक्रममा एकजना पत्रकारले केटीहरुको अगाडि आफ्नो खुट्टा (टाङ)  फट्टाएर बस्नुभएको थियो अनि मैले त्यस्तो गरेर नबस्नुस मात्र भनेकी हुँ । अब केटीहरुको बिचमा त्यसरी अभद्र तरीकाले बस्नु भएन नी हैन र ?

प्रतिक्रिया दिनुहोस्