‘गङनम स्टाइल’ गायक नेपाल आउँदै



रंगखबर, काठमाडौँ- रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’का गायक साइ ,पार्क जे साङ नेपाल आउने भएका छन् । ‘ साइ विथ के-पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा सहभागी हुन उनि नेपाल आउन लागेका हुन्। नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले उक्त कार्यक्रमको आयोजना गर्दैछ। साइ साउथ कोरियन गायक, र्यापर, रचनाकार हुन् ।गङनम स्टाइल गीतले उनलाई अन्तर्राष्ट्रिय स्तरमा अलग पहिचान दियो।

१५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको भिडियो यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज बनाउन सफल भिडियो बन्यो । हाल उक्त भिडियोको भ्युज तीन अर्ब भन्दा बढी पुगिसकेको छ । उक्त कन्सर्ट डिसेम्बर १५ तारिक खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा आयोजना हुनेछ । ५ घण्टासम्म चल्ने कन्सर्टमा नेपालको तर्फ बाट गायक दीपक बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती राख्नेछन् । बज्राचार्य पछिल्लो समय ‘मन मगन’ गीतबाट देश देखि विदेशसम्म चर्चा कमाइरहेका छन्। कन्सर्टमा साइ र दीपकसँगै कोरियाका अन्य विभिन्न चर्चित ब्याण्डको प्रस्तुति रहनेछ।

प्रतिक्रिया दिनुहोस्