नेपाल आइपुगे गोविन्दा (भिडीयो)



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता गोविन्दा अहुजा नेपाल आइपुगेका छन् । उनि शनिबार साढे ११ बजेतिर ‘एलजी सिने सर्कल अवार्ड २०७५’मा सहभागी हुन् नेपाल आइपुगेका हुन् ।

भदौ ३१ गते राजधानीमा सम्पन्न हुने अवार्ड समारोहमा उनको प्रस्तुति रहने आयोजक बताएको छ । बुझिएअनुसार गोविन्दाले यसपटकको लाइफटाइम अवार्डबाट सम्मानित हुन् लागेका वरिष्ठ फिल्मकर्मी किशोर रानालाई अवार्ड दिनेछन् । नेपालीसँगै केहि हिन्दी र भोजपुरी फिल्ममा समेत काम गरिसकेका किशोर र गोविन्दा समकालीन साथी हुन् ।

तीन दिनको नेपाल बसाईमा गोविन्दा सपरिवार याक एण्ड यति होटलमा रहनेछन । अवार्ड समारोहको भोलिपल्ट गोविन्दाले पशुपतिनाथमा पुजाआजा गर्ने कार्यक्रम छ । पत्नी सुनिता अहुजा र छोरा यसवर्धन अहुजा शुक्रबारै नेपाल आइसकेका छन् । शनिबार गोविन्दासँगै छोरी टिना अहुजा पनि नेपाल आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्