‘तिमि र म’ मा रोमान्स गर्दै कबिर र सुर्याको जोडी



पछिल्लो समय लम्फुमा देखा परेका  नायक कबिर खड्काले  ‘तिमी र म ‘ मा मुख्य भूमिकामा अनुबन्ध भएका छन्। चलचित्र निर्माण टीमले बुधबार राजधानीमा एक औपचारिक  कार्यक्रमको आयोजना गर्दै ‘तिमी र म’ नामक  चलचित्र घोषणा गरेको हो ।
केहि कलाकारहरुको छनौट  हुन् अझै बाँकी रहेको यो चलचित्रमा कबिरको साथमा अभिनेत्री सुर्य थापाले अनस्क्रिन रोमान्स गर्नेछिन्। लभस्टोरी जानराको ‘तिमी र म’ २०१९ को सुरुवात बाट फ्लोरमा जाने छ।

चलचित्र अष्ट्रेलियामा छायांकन गरिने बताईएको छ ,जसमा एक नेपाली  र एक अष्ट्रेलियन (सरोज पोखरेल र  मेट विल्लिम्स) गरि दुइ निर्देशकहरु रहने छन्। अस्ट्रेलिया पुगेका नेपाली  युवाको कथाबस्तु ‘तिमी र म’ मा सामबेश हुने छ।
एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मा कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको संयुक्त  लगानी रहने छ,जसको  अनुमानित बजेट १ करोड ५० लाख छ।

प्रतिक्रिया दिनुहोस्