यस्तो छ अशोक र खुश्बुको ‘म मरेको पल’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौँ । अभिनेत्री खुश्बु खड्का र गीतकार अशोक केसीको अभिनय रहेको ‘म मरेको पल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
khusbuशिवदर्शन डिजिटलको प्रस्तुती रहेको लोक फ्लेभरको यस गीतको शब्दरचना अशोककै रहेको छ । दोलखा, डाडाखर्कका अशोक केसी हाल रोजगारीको शिलसिलामा प्रवासमा छन् । उनले प्रवास मलेसियाबाटै सांगीतिक यात्रालाई अघि बडाउँदै आएका छन् । प्रेम वियोगान्त भावमा रहेको ‘म मरेको पल’ अशोकले आफ्नै जीवन घटनामा आधारित भनेका छन् ।
म्युजिक भिडियोमा प्रेमिकाबाट धोका पाएपछिको घटनालाई चित्रण गरिएको छ । उनले भने, ‘दुखको यादमा आफुले बियोगको गीत रचना गरेको हुँ ।’ उनले सांगीतिक क्षेत्रमा पहिलो गीति यात्रामा उक्त गीत तयार गरेको बताए । प्रस्तुत गीत प्रेममा बिछोडिएका बर्गलाई मात्र नभई सबै खाले लोकगीत श्रोता तथा दर्शकलाई छुने अशोकले दावी गरे । यस गीतमा रामु बिसी र गायिका पुर्णकला बिसीले स्वर दिएका छन् ।
ashok

प्रतिक्रिया दिनुहोस्