आशिफ र रेश्माको ‘इन्स्टाको फोटो’ सार्वजनिक



रंगखबर, काठमाडौँ – कालीप्रसाद बाँस्कोटाले नयाँ गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक गरेका छन् । टिकटकबाट हिट भएकी रेश्मा घिमिरे र आशिफ शाह फिचरिङ गीतमा कालीकै शब्द,संगीत र स्वर छ ।

अर्कैसँगको विवाह पश्चात प्रेम जोडीमा उत्पन्न हुने परिस्थितिलाई मुख्य द्वन्द बनाएको गीतको भिडियोलाई अशिम शाहले निर्देशन गरेका छन् । आशिफ र अशिम मिलेर बनाएको ‘नाँच फिरिरी’ले यसअघिको हिट गीत हो ।

‘इन्स्टाको फोटो’लाई हरि हुमागाईंले खिचेका हुन् । भने, लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा टिमको मेहनत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्