हिन्दु धर्मको ठुलो हिस्सा भारत, जहाँ देवीलाई चढाइन्छ जुत्ताको माला



रंग खबर, काठमाडौँ | हिन्दु धर्ममा मन्दिरमा जुत्ता, चप्पल लगाएर भित्र छिर्न नपाइने कुरा त तपाई हामिलाई थाहा भएकै कुरा हो । मन्दिरहरुमा तपाइँले जुत्ता लगाएर छिर्नु भयो भने देख्ने जो कोहिले पनि हजुरलाई गालि गर्न भ्याउछ ।

footwear-temple

भारत हिन्दु धर्मालम्बीहरुको प्रमुख देशको रुपमा चिनिन्छ । जहाँ हिन्दु धर्म मान्ने करोडौ मान्छे बस्छन । हिन्दु धर्मको उपासनाका रुपमा लिइने भारतमा पनि मन्दिरमा जुत्ता, चप्पल लगाएर जान नमिल्ने तपाईहरुलाई त थाहै होला ।

तर भारतकै एक गाउँ जहाँ देबीलाई जुत्ताको माला चढाइन्छ भन्दा बिस्वाश नलाग्ला तर यो सत्य हो । कर्नाटकको गुलबर्ग जिल्लामा रहेको लकम्मा देवीको मन्दिर छ । त्यहाँ हरेक वर्ष जुत्ता पर्वको आयोजना हुन्छ । अनि उक्त पर्वमा देवीलाई जुत्ताचप्पल चढाउनका लागि टाढा टाढाबाट मानिसहरु ओइरिन्छन् ।

देवीलाई जुत्ता चढाउने उक्त पर्वमा खासगरी गोला बी नामक गाउँका मानिसहरु  उच्च रुपमा भाग लिन्छन् । अनौठो परम्पराका कारण यो पर्व प्रसिद्ध छ ।

हरेक वर्ष दिपावलीको छैटौँ दिन पर्वको आयोजना गरिन्छ । मानिसहरु मन्दिर बाहिर रहेको एक रुखमा जुत्ता चप्पल तथा जुत्ताको माला समेत उनेर टाँग्दछन् अनि देवीसँग आशिर्वाद माग्छन् । साथै देवीलाई शाकाहारी तथा मांशाहारी भोगनको भोग पनि लगाउँछन् ।

यसरी देवीलाई जुत्ताचप्पल चढाउँदा देवीलाई मानिसहरुलाई खराब शक्तिहरुबाट रक्षा गर्ने विश्वास गरिन्छ । साथै यसरी चढाउने खुट्टा तथा ढाड दुख्ने समस्या निको हुने विश्वास पनि छ । उक्त मन्दिरमा हिन्दु मात्र होइन मुसलमानहरु समेत चप्पल चढाउन आउँछन् । जनश्रूती अनुसार भक्तजनले चढाएका चप्पल लगाएर देवी रातिको समयमा गाउँभर घुमेर मानिसहरु रक्षा गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्