शाहरुख र सलमानको इसकबाजी सार्वजनिक



रंगखबर, काठमाडौँ – बलिउड फिल्म ‘जिरो’को ‘इसकबाजी’ गीत रिलिज भएको छ । प्रतिक्षित गीतको भिडियोमा होचा शाहरुख खानसँग सलमान खानले नृत्य पस्केका छन् । सलमानको फिल्ममा अतिथि भूमिका छ ।

बक्सअफिसमा एकअर्काका प्रतिस्पर्धी अभिनेताद्वय एकै गीतमा प्रस्तुत हुँदा फिल्मप्रतिको कौतुहलता आझ व्यग्र भएको छ । अजय र अतुलले संगीत भरेको गीतमा सुख्विन्दर सिंह र दिभ्य कुँवरले स्वर दिएका छन् ।

आनन्द एल राइले निर्देशन गरेको फिल्ममा कट्रिना कैफ र अनुष्का शर्माले मुख्य भूमिका निर्वाह गरेका छन् । २१ डिसेम्बरमा रिलिज हुने फिल्ममा स्वर्गीय श्रीदेवी, काजोल, दीपिका पादुकोण, रानी मुखर्जी, आलिया भट्ट, करिश्मा कपूर, जुही चावला र आर माधवन केमियो रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्